जनता टाइम्स

२ माघ २०८२, शुक्रबार २०:४०

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा


काठमाडौं,  माघ  २।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको बताउनुभएको छ ।

आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै शर्माले नवीन कांग्रेसको शुरुवात भएको बताउनुभएको हो ।‘सबै अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छु, विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको शुरुवात भएको छ,’ उहाँले भन्नुभएको छ, ‘अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’