जनता टाइम्स

३ माघ २०८२, शनिबार १९:२३

कांग्रेस नेता रुपेश पाण्डे एमाले प्रवेश


पर्सा, माघ ३। पर्सा–३ का नेपाली कांग्रेसका चर्चित युवा नेता रुपेश पाण्डे नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी पार्टी प्रवेश गर्नुभएको हो ।

पाण्डेलाई एमाले अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो । पाण्डेलाई कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गराउन केन्द्रीय सदस्य प्रभु जनताले विशेष भूमिका निर्वाह गर्नुभएको बताइएको छ ।

युवा तहमा प्रभावशाली नेताका रूपमा परिचित पाण्डेको एमाले प्रवेशलाई पर्सा जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेले यस प्रवेशले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।