जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार २१:१८

लण्डनमा घन्कियो गो ब्याक इन्डियाको नारा


बोयत, मंसिर १७ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेटेको विरोधमा लण्डनमा प्रदर्शन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अगुवाइमा लण्डनस्थित भारतीय दूतावास अघि सोमबार प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपालीहरुको उल्लेख्य सहभागिता थियो । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर, विबादित नक्सा खारेज गरलगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए। प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभाग नेपालको भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका थिए ।

भारतले केही समय पहिले पहिलो सार्वजनिक गरेको राजनीतिक नक्साको चौतर्फी विरोध हुँदे आएको छ । नेपालसहित विश्वभर रहेका नेपालीले भारतको हेपाहा व्यवहारको विरोध गर्दै आएका छन् । नेपाल सरकारले पनि लिपुलेक नेपाली भूमि रहेको भन्दै कुटनीतिक माध्यामबाट समस्याको समाधान गर्न पहल भइरहेको जनाएको छ । तर, भारतले भने नक्सामा नेपाली भूमि नसमेटिएको दावी गर्दै आएको छ । भारतको यो हेपाह प्रबृत्तिबिरुद्ध बिश्वभर प्रदर्शन भइरहेको छ ।