जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०९:२८

खुल्ला प्रतिष्पर्धाबाट नेपालका जगन चापागाईं बने अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख


काठमाडौं, मंसिर १८ । नेपालका जगन चापागाईं अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख अर्थात् महासचिव चयन हुनुभएको छ । जेनेभामा मंगलबार बसेको महासंघको कार्यकारी निकायले चापागाईंलाई महासचिव पदमा चयन गरेको हो।

महासचिब पदमा चापागाईं खुल्ला प्रतिष्पर्धाबाट छनौट हुनुभएको हो । १ सय ९० मुलुकमा कार्यरत रेडक्रसको यस तहमा पुग्ने चापागाईं पहिलो नेपाली हुनुहुन्छ । इन्जिनियरिङको अध्ययन गर्नुभएका चितवन निवासी जगनलाई महासचिवमा चयन गरेपछि रेडक्रसले उहाँको २५ वर्ष लामो अनुभवको फाइदा आफूहरूलाई हुने बताएको छ।

चापागाईंले रेडक्रसको थुप्रै उपल्लो निकायमा काम गरिसक्नु भएको छ। रेडक्रस अन्तरगत रहेर उनले एसिया(प्यासेफिकको क्षेत्रिय निर्देशक तथा महासचिवको कार्यालयमा अन्डर सेक्रेटरी जनरल र कर्मचारी प्रमुखका रूपमा समेत काम गरिसक्नु भएको छ ।