जनता टाइम्स

१५ माघ २०८२, बिहीबार ११:२१

सुनको मुल्य हालसम्मकै उच्च, एकैदिन २० हजार ५ सय रुपैयाँ बढ्यो


काठमाडौं, माघ १६ । बिहीवार सुनको मूल्यमा भारी बृद्धि भएको छ ।

आज सुनको मुल्य तोलामै २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ रहेको थियो।

आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ। त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।