काभ्रे, माघ १७ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार अमित लामा डाँडापारी–खानिखोलाको तालढुङ्गा क्षेत्रमा पुग्नु भएको छ ।
मतदाता भेटघाट कार्यक्रमको क्रममा उम्मेदवार लामाले स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै सो क्षेत्रका समस्या, आवश्यकता र सम्भावनाबारे जानकारी लिनुभएको छ । भेटघाटका क्रममा उहाँले डाँडापारी क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। योजनाबद्ध विकासमार्फत शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा ठोस काम गर्ने उहाँको भनाइ छ।
कार्यक्रममा उम्मेदवार लामाले विकास र समृद्धिका लागि नेकपा (एमाले) को सूर्य चिन्हमा मतदान गर्न स्थानीय जनसमुदायलाई आग्रह गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्