जनता टाइम्स

१८ माघ २०८२, आईतवार १०:२४

अनेमसंघ दोलखाद्वारा ११५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन, घरदैलो अभियान सञ्चालन गर्ने


दोलखा, माघ १८ । अखिल नेपाल महिला संघ (अनेमसंघ) दोलखाले आगामी संगठनात्मक गतिविधि तथा निर्वाचन केन्द्रित अभियानलाई प्रभावकारी बनाउन १ सय १५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । साथै, ९ सदस्यीय निर्वाचन अनुगमन तथा समन्वय कमिटी पनि गठन गरिएको छ ।

अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकले माघ १९ देखि फागुन ४ गतेसम्म पालिका, वडा तथा अगुवा कार्यकर्ता भेला सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले संगठन विस्तारसँगै घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने रणनीति तय गरेको जनाएको छ ।

अनेमसंघ दोलखाले संगठन सुदृढीकरण गर्दै महिला नेतृत्वलाई सशक्त बनाउनेतर्फ आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ ।

कमिटी गठन तथा अभियान सञ्चालनले आगामी दिनमा महिला सहभागिता र संगठनात्मक गतिविधि अझ सक्रिय हुने अपेक्षा गरिएको छ ।