दोलखा, माघ २० । नेकपा (एमाले) बैतेश्वर गाउँपालिका कमिटीको १२औँ पूर्ण बैठक सम्पन्न भएको छ। बैठक पालिका कमिटी अध्यक्ष डवलबहादुर तमाङको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा वाग्मती प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटी दोलखाका अध्यक्ष तथा सदस्यहरू, पालिका कमिटीका पदाधिकारी, वडा कमिटी अध्यक्षहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकमा पार्टी निर्माणलाई अझ सुदृढ बनाउने तथा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउने विषयमा अन्तरक्रियात्मक छलफल गरिएको जनाइएको छ।

बैठकले आगामी निर्वाचनमा एमालेमय बैतेश्वर निर्माणका लागि पालिकाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ। साथै जनताको घरदैलो तथा भेटघाट कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने कार्ययोजना तय गरिएको छ।
बैठकमा उपस्थित भएर सुझाव तथा विचार प्रस्तुत गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ। नेकपा एमालेले सूर्य चिन्हमा मतदान गर्दै उम्मेदवार पार्वत गुरुङलाई अत्यधिक मतले विजयी गराउन अपिल समेत गरेको छ।













प्रतिक्रिया दिनुहोस्