जनता टाइम्स

२० माघ २०८२, मंगलवार १८:३३

नेशनल भोलिन्टियर फोर्स मोरङको जिल्ला भेला सम्पन्न,योगराज लाबुङको नेतृत्वमा ६५ सदस्यीय जिल्ला कमाण्ड टिम गठन


विराटनगर, माघ २० । नेशनल भोलिन्टियर फोर्स मोरङको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले जिल्ला समन्वय प्रमुख कमाण्डमा योगराज लाबुङलाई चयन गरेको छ।

यस्तै सह–कमान्डको जिम्मेवारी अमृत बुढाथोकी र रुद्र भट्टराईलाई दिइएको छ। भेलाबाट ६५ सदस्यीय जिल्ला कमाण्ड टिम गठन गरिएको जनाइएको छ।

कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण कमाण्डरहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।