काठमाडौं,माघ २५। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघि भएका दुई संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । यस पटक भने बलियो टोलीसँगको प्रतिस्पर्धालाई लिएर समर्थकमाझ उत्साह बढेको छ ।
नेपाल र इङ्ल्यान्डबीच टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरियतामा नेपाल १६औँ स्थानमा छ भने इङ्ल्यान्ड तेस्रो स्थानमा रहेको छ । इङ्ल्यान्ड पछिल्लो पटक अमेरिकामा आयोजित विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो, जबकि नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
समूह ‘सी’मा रहेको नेपालको समूहमा इङ्ल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । समूह चरण पार गर्न नेपालले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ ।
आजको खेललाई नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ ।














प्रतिक्रिया दिनुहोस्