झापा, २६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धिको दाबी गर्दै ०५१ सालमा सुरु भएको यस कार्यक्रमलाई प्रधानमन्त्री रहँदा ४ हजार रुपैयाँसम्म पुर्याएको जानकारी गराउनुभयो।
घरदैलो अभियानका क्रममा मतदातासँगको संवादमा उहाँले सरकारहरू पटक–पटक फेरिँदा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेकाले भत्ता थप्न नसकिएको व्याख्या गर्नुभयो। तर सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने आधारभूत काम आफ्नो नेतृत्वमा गरिएकाले त्यसको लाभ नागरिकले भोगिरहेको उहाँले उल्लेख गर्नुभयो।
उहाँका अनुसार हाल सामाजिक सुरक्षा भत्तामा वार्षिक करिब ३८ अर्ब रुपैयाँ खर्च भइरहेको छ। यसबाट ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा जोखिममा परेका समुदायले प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन्।
सडक बालबालिका अन्त्य गर्ने अभियानमा पनि उहाँले विशेष पहल गरेको जानकारी दिनुभयो। साथै पछाडि परेको समुदायलाई मुख्यधारामा ल्याउने उद्देश्यसहितका कार्यक्रम निरन्तर अगाडि बढाइरहेको उहाँको भनाइ थियो।














प्रतिक्रिया दिनुहोस्