जनता टाइम्स

२८ माघ २०८२, बुधबार १०:२९

सल्यानमा जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, तीन जना घाइते 


सल्यान, माघ २८। सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोल क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। उहाँ उक्त जिपका चालक रहेको प्रहरी चौकी कपुरकोटले जानकारी दिएको छ।

दुर्घटनमा अन्य तीन जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमा एक बालक र दुई महिला छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।