काठमाडौं, फागुन १ । नेकपा एमालेका सचिव तथा भक्तपुर–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बस्नेतले सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा आज निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रम स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक र आम मतदाताको उल्लेखनीय उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो।
साे अवसरमा बस्नेतले भक्तपुरवासीकाे माया, विश्वास र उत्साह देखेर थप प्रेरित भएको अनुभव व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘यो केवल कार्यालय उद्घाटन मात्र होइन, आगामी विजय यात्राको सशक्त सुरुवात हो, अब हाम्रो अभियान घर–घरमा पुग्नेछ र जनताको विश्वासलाई मतमा रूपान्तरण गर्नेछौँ।’

कार्यक्रममा उपस्थित मतदातालाई लक्षित गर्दै उहाँले आगामी निर्वाचनमा समृद्ध भविष्य र स्थिर विकासका लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
स्थानीयस्तरीय नेता–कार्यकर्ताले पनि कार्यालय उद्घाटनले चुनावी अभियानलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्