जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार ०८:३१

बुहारीको मृत्यु पछि जेठाजु पक्राउ कारण यस्तो …..


काठमाडौं, मंसिर २० । छाउगोठमा ज्यान गुमाएकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन् । अछामको साँफेबगर–३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो । छाउपडी प्रथालाई कानुनी रुपमै अपराध मानेपछि प्रहरीले पहिलो पटक कानुनी प्रक्रियाको सुरुवात गरेको छ ।
यसलाई यसअघि नैतिक अपराध मानिन्थ्यो । छत्रलाई अनुसन्धानका लागि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनक शाहीले जानकारी दिनुभयो । ‘मृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे÷नपारेको विषयमा अनुसन्धान गरिरहेका छौं,’ उहाँ भन्नुभयो यदि यस्तो भेटिएमा कानुन बमोजिम कारबाही हुन्छ ।’