जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार ०८:५३

काठमाडौंको तापक्रम यस वर्षकै न्यून


काठमाडौं, मंसिर २० । काठमाडौंको तापक्रम आज शुक्रबार बिहान हिजो बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ ।

आज शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो यस वर्षकै कम तापक्रम हो ।
यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।

राति मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो । यसअघि गएको आइतबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो ।
त्यसयता बढेको तापक्रम शुक्रबार फेरि घटेको हो । शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । तर कतै पनि पानी पर्ने संभावना भने नरहेको उनीहरुको भनाई छ ।