काठमाडौं, फागुन ५ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार शेरबहादुर तामाङले घरदैलो अभियानमा प्राप्त जनसमर्थनले पार्टीको जित सुनिश्चित भएकाे दाबी गर्नुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तामाङले पाँचपोखरीमा फागुन २ गते वडा नम्बर १ बाँसखर्कबाट सुरु भएको चुनावी घरदैलो अभियान हिजो साँझ वडा नम्बर ८ लांगर्चेमा पुगेर समापन भएको जानकारी दिनुभयो।
उहाँले उत्साहपूर्ण जनसहभागिताबीच सम्पन्न घरदैलो कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्ने सम्पूर्ण अग्रज आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, वडा कमिटी तथा पालिका कमिटी परिवार, उत्साही कार्यकर्ता, वडा अध्यक्षसहितका जनप्रतिनिधि, पालिका अध्यक्ष, उपाध्यक्ष तथा पाँचपोखरीका सम्पूर्ण नेतागणप्रति आभार व्यक्त गर्नुभएकाे छ । ‘तपाईँहरूको यो साथ र समर्थनले हाम्रो पार्टीको जित सुनिश्चित हुने पक्का छ’ उहाँले भन्नुभएकाे छ ।
पाँचपोखरी क्षेत्रमा घरदैलो अभियान समापन भएसँगै एमालेले अब निर्वाचन केन्द्रित अन्य कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्