काठमाडौं, फागुन ५ । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ पर्नुभएको छ । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार (फागुन ५) बास्तोलालाई पक्राउ गरेको हो ।
उहाँलाई सुन्धारा आसपास क्षेत्रमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित गतिविधि सञ्चालन गर्दै आएको छ ।
निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उहाँमाथि अनुसन्धान सुरु गरिएको जनाइएको छ । प्रहरीले नेकपा बहुमतसहित बहिष्कारवादी दललाई निगरानीमा राखेको छ ।
निर्वाचनविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले सोमबार ९फागुन ४० मा दुर्गा प्रसाईंलाई पक्राउ गरी हिरासतमा लिएको थियो । प्रसाईँ समूहका सुनिल प्रसाद(एसपी) साहलाई पनि प्रहरीले आज पक्राउ गरेकाे छ ।













प्रतिक्रिया दिनुहोस्