जनता टाइम्स

६ फाल्गुन २०८२, बुधबार १०:३२

बनेपामा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, आक्रोशित भीडद्वारा गाडीमा आगजनी


काठमाडौं, फागुन ६ । काभ्रेको बनेपा बजारमा बुधबार बिहान ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि साे क्षेत्र तनावग्रस्त बनेको छ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बिहान ठक्कर दिएको हो। दुर्घटनामा ज्यान गुमाउने व्यक्ति पुरुष रहेको र उहाँको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मृतकलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगेको थियो।

दुर्घटनापछि आक्रोशित सर्वसाधारणले ट्रिपरमा आगजनी गरेका छन्। चालक फरार रहेको प्रहरीले जनाएको छ। स्थानीयको विरोध प्रदर्शनका कारण केही समय यातायात अवरुद्ध भएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।