जनता टाइम्स

६ फाल्गुन २०८२, बुधबार १४:५६

भक्तपुर–७ नगदेशमा महेश बस्नेतको घरदैलो अभियानमा स्थानीयद्वारा भव्य स्वागत


भक्तपुर, फागुन ६ । मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशमा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत को घरदैलो अभियानमा स्थानीयले बस्नेतकाे भव्य स्वागत गरेका छने ।  स्थानीय महिला–पुरुष हातमा माला, खादा र अबिर लिएर बस्नेतलाई स्वागत गर्न बस्नु भएकाे थियाे ।

नगदेशको परम्परागत शैलीमा निर्माण गरिएको आकर्षक गेटसम्म आइपुग्दा स्थानीयले भव्य स्वागत गरेका थिए। बस्नेतले घरदैलो अभियानको क्रममा टोल–टोल पुगेर जनताको घर–घर भेटघाट गर्दै आफ्ना योजना र एजेन्डा सुनाउनुभयो।

किसानहरू चम्सुर पालुङ्गाे, सलगम, मुला, साग, धनियाँ, हरियो प्याज र लसुन केलाउने र बजार लैजान काममा व्यस्त रहँदा पनि नेता बस्नेतको उपस्थितिमा काम रोकेर आफ्ना माग र सुझाव राखेका थिए। स्थानीयले पक्की सडक, खानेपानी र किसानका लागि सहुलियत सुनिश्चित गर्नकाे लागि पहल गर्न माग गरेका छन् ।

बस्नेतले आफूले अघि बढाएका अधूरा काम पूरा गर्न घरदैलो अभियान मार्फत स्थानीयसँग प्रत्यक्ष संवाद गर्न आएको बताउनुभयो। नगदेशवासीले चुनावअगाडि भ्रम फैलाउने उम्मेदवारमा मत नफाल्ने र देश विकासका लागि बस्नेतलाई नै मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मतदातासँग संवाद गर्दै बस्नेतले गत वर्ष आफ्नो विरुद्ध फैलाइएको भ्रमका बाबजुद यस वर्ष जनताले विश्वास गरेर मतदान गर्ने बताउनुभयाे उहाँले मतदाताबाट प्राप्त हौसला आगामी चुनावमा २०७४ कै परिणाम हात पार्ने आशा जगाउने बताउनुभयाे ।

उहाँले अहिलेको निर्वाचनलाई नेपालको लोकतन्त्र, शान्ति, राष्ट्रवाद र विकास सुनिश्चित गर्ने अवसरका रूपमा प्रस्तुत गर्दै, अन्तर्राष्ट्रिय शक्तिहरूको हस्तक्षेप र षडयन्त्रविरुद्ध सचेत रहन जनतालाई आग्रह गर्नुभयो। निर्वाचनमा एमालेको सशक्त उपस्थितिले देशको शासन, शान्ति र प्रगतिशील विकास सुनिश्चित हुने उहाँको विश्वास रहेको जनाइएको छ।