काठमाडौं,फागुन ७। सर्लाहीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
गएराति इश्वरपुर नगरपालिका–१३ बाके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका दुवैलाई उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उहाँहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा हरिपुर्वा नगरपालिका–९ का २२ वर्षीय विक्रम राय र रामविश्वास राय रहेका छन् । उहाँहरू सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि घाइते दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्