जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १८:१३

डेडिकेटेड लाइन हटाउँदा उद्योग समस्यामा पर्न सक्ने


बसन्त अर्याल

काठमाण्डौं, बैशाख २७
नेपाल विद्युत प्राधिकरणले उद्योगलाई नियमित विद्युत दिनेमा संका व्यक्त गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएकाले उद्योगहरुको डेडिकेटेड लाईन हटाउने बताएपछि उद्योगिहरुले उत्पादनमा समस्या पर्न सक्ने बताएका हुन् ।

नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष धुब्र थापाले उद्याेगलाई नियमित  भोल्टेजलाई व्यवस्थापन गर्न सक्छ कि सक्दैन मुख्य प्रश्न रहेकाे बताउनु भयाे । उहाँले ‘विद्युत प्रधिकरणले बत्ति दिएर मात्र भएन भोल्टेज कम भयो भने उद्योगमा कुनै काम गर्न सकिदैन।’ भन्नुभयो ।

उद्योगीहरुले विद्युत प्राधिकरणले लोडसेडिङ पनि नहुने र भोल्टेजमा कुनै समस्या नहुने बनायो भने यी लाईन उद्योगबाट हटाउँदा फरक नपर्ने बताएका छन् । एक उद्योगीको भनाई छ ‘विद्युत नियमित आएन भने समस्या पर्छ । घरमा बत्तिबाले जस्तो उद्योगमा हुँदैन । बत्तिमात्र भएर भएन । निरन्तर भोल्टेज नियमित दिन सक्यो भने केहि फरक पर्दैन नभए गाह्रो हुन्छ ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य भैसकेकाले अब विद्युत आपुर्तिमा कुनै समस्या नभएको बताउनु भएको छ । घिसिङले ‘हाल विद्युत आपुर्तिमा कुनै समस्या नभएकाले डेडिकेटेड लाईनको आवश्यक छैन।’भन्नुभयो ।

लोडसेडिङको समयमा डेडिकेटेड र टं«कलाइन मार्फत २० घण्टा भन्दा बढी विद्युत लिएका उद्योगबाट बाँकी महशुल उठाउने बताउनु भएको छ । डेडिकेटेड लाइन लिएका तर २० घण्टा भन्दा कम विद्युत प्रयोग गरेकामा विद्युत नियमन आयोगले छानविन गर्ने बताउनु भएको छ ।

विद्युत प्राधिकरणले २०७३ साल देखीको डेडिकेटेड र टं«क लाइनको महशुल तिर्नु भन्दै ठुला उद्योगहरुलाई पत्र काटेकोमा निजि क्षेत्रले कानुन सम्मत नभएको बताएको छ । डेडिकेटेड लाईन जडान गरेपनि विद्युत प्रयोग नगरेकालाई पनि महशुल बुझाउनको लागि पत्र काटेकोमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले आपत्ति जनाएका छन् ।

सिमेन्ट उद्योग संघका अध्यक्ष धुब्र थापाले भन्नुभयो ‘सबै ठुला उद्योगमा डाइरेक्ट लाईन छ ती सबै लाइनलाई डेडिकेटेड लाईन भन्नु भएन । लोडसेडिङ भएको बेलामा बत्ति लिएको हुनु पर्यो डेडिकेटेड हुनुको लागि । सबैलाई उद्योगलाई एउटै बाकसमा राख्नु भएन । यदि कसैले विद्युत चेरी गरेको छ भने कार्वाहि गर्नु हामी त्यसको विरुद्ध होइन।’