जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार ०८:१४

इटहरीको मुख्य चोकमा रहेको बिग बारमा आगलागी


 

काठमाडौं, मंसिर २२ ।  सुनसरी, इटहरीको मुख्य चोकमा रहेको सुर्य कम्प्लेक्सस्थित बिग बार होटलमा आगलागी भएको छ । आगलागीबाट बिग बार नष्ट भएको छ ।

रातिको १ बजे लागेको आगो साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो । आगलागि भएलगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले तीन घण्टा लगाएर आगो निभाएका हुन् ।

चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।