काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलाइसिसका अस्पताल जानुभएको छ । प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित डायलाइसिस गरिएको हो ।
प्रधानमन्त्रीलाई नियमित डायलसिसका लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह हेरे लगतै प्रधानमन्त्री ओली अस्पताल जानुभएको हो । नियमित डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल जानुभएको हो, केही बेरमा निवास फर्कनुहुन्छ, प्रेस सल्लाहकार थापाले जनताटाइम्ससँग भन्नुभयो ।
प्रधानमन्त्री ओली मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिनको उपचारपछि मंसिर १९ गते डिस्चार्ज हुनुभएको थियो । सो क्रममा दुई पटक यायलाइसिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्