काठमाडौं, वैशाख १५। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिब तथा सकुम्वासीको पक्षमा उभिँदा आफूले जति नै गाली सहनु परे पनि तयार रहेको बताउनुभएको छ।
सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि त्यसको विरोधमा उभिनुभएका साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही कार्यकर्ताले सामाजिक सञ्जालमार्फत गालीगलौज गर्न थालेपछि उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो।
साम्पाङले आफ्नो राजनीति सेवा केन्द्रित भएको स्पष्ट पार्दै देशका आम गरिब, दुःखी र विपन्न वर्गका जनताको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले ‘गरिबको पक्षमा उभिँदा कति गाली खानु पर्छ, खान तयार छु’ भन्दै सामाजिक न्यायका पक्षमा आफ्नो अडान नछाड्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
उहाँले आफूले अँगालेको राजनीतिक मार्ग व्यक्तिगत लाभका लागि नभई समाजका सीमान्तकृत वर्गको पक्षमा रहेको उल्लेख गर्दै आलोचना र विरोधका बाबजुद आफ्नो अभियान जारी रहने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्