काठमाडौं, वैशाख २१ । नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र, खरिपाटीमा आश्रय लिएर बसिरहेका विस्थापित सुकुम्वासीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको समन्वयमा भक्तपुर अस्पतालको प्राविधिक सहयोग तथा जनस्वास्थ्य कार्यालय भक्तपुरको सहकार्यमा शिविर आयोजना गरिएको हो।
शिविरमार्फत विस्थानमा परेका परेका नागरिककाे स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक औषधि वितरण गरिएको छ। सेवा लिन आएका स्थानीयले यस्तो पहलले राहत महसुस भएको बताएका छन्।

प्रदेश सरकारले विपद् र विस्थापनमा परेका नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको जनाउँदै, यस्ता कार्यक्रममार्फत प्रत्यक्ष रूपमा सेवा प्रवाह गरिएको सन्देश दिएको छ।
शिविरमा खटिनु भएका स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी निकायप्रति वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले आभार व्यक्त गर्दै आगामी दिनमा समेत नागरिकको स्वास्थ्य, सम्मान र सुरक्षामा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्