जनता टाइम्स

२२ बैशाख २०८३, मंगलवार १६:०९

चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी, रिफर्मवाला टीम हरिबिजोग बन्दा अन्य पदमा को–को भए निर्वाचित ? (मतसहित)


काठमाडौं, बैशाख २२ । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित हुनुभएको छ । संघको ३० औं कार्यकारिणीका लागि भएको निर्वाचनमा रिजाल अध्यक्ष निर्वाचित हुनुभएको हो ।

उहाँले निकटतम प्रतिस्पर्धी डा.मंगल रावल भन्दा २५६ बढी मत प्राप्त गरी जीत निकाल्नुभएकोछ । रिजालले ३१९६.मत पाउँदा डा. रावलले २९४० मत पाउनु भएको छ । अध्यक्षका अर्का प्रतिस्पर्धी डा.नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गर्नुभएको छ ।

यसपटकको निर्वाचनमा बिगतमा भन्दा बिल्कुलै फरक शैली अपनाएर पार्टीको साटो उम्मेद्वारको प्यानल बनेको थियो । चुनावमा तीन वटा प्यालन टिम बनाएर चुनावी मैदानमा उत्रिएका थिए । टिम बद्री, टिम मंगल र टिम रिफर्मको नाममा प्यानल बनाएर चुनावमा होमिएका थिए । जसमा नेपाल चिकित्सक संघको चुनावमा रिजाल नेतृत्वको प्यानलले बहुमतसहित जित हात पारेको छ ।

मतपरिणाम अनुसार २ जना उपाध्यक्ष र ३ सदस्यबाहेक अन्य सबै पदमा बद्री प्यानलकै उम्मेदवार विजयी भएका छन् । गण्डकी उपाध्यक्ष विजयी डा. यज्ञराज सिग्देल र कर्णाली उपाध्यक्षमा विजयी डा.रविन खड्का मंगल प्यालनका हुनुहुन्छ । त्यसैगरी सदस्यमा टिम मंगलबाट डा.अमित झा र डा.पल्पसा श्रेष्ठ र टिम रिफर्मबाट डा.शेषराज घिमिरे बिजयी हुनुभएको छ ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी हुनुभएको छ । तिवारीले ३०३६ मत पाउँदा प्रतिस्पर्धी डा.कीर्तिपाल सुवेदीले २३०२ मत र डा.अजय कुमार मिश्रले १४२१ प्राप्त गर्नुभएको छ ।
महासचिवमा डा.विश्वराज दवाडी विजयी हुनुभएको छ । उहाँले २७२२ मत पाएर जीत निकाल्दा प्रतिस्पर्धी डा.कालुसिंह खत्रीले २४२३ मत र डा.अमृत भुसालले १६४६ मत पाउनु भएको छ ।

यस्तै उपाध्यक्षमा हरुमा डा.रोशन खड्का(कोशी), डा.अमृत राजन मिश्र(मधेश), डा.सुवास भट्टराई(बागमती), डा.योगेशराज सिग्देल(गण्डकी), डा.नन्दा गुरुङ(लुम्बिनी), डा.रविन खड्का(कर्णाली) र डा.प्रमोद जोशी(सुदूरपश्चिम) विजयी हुनुभएको छ । यस्तै सचिवमा डा.हुलास अग्रवाल र कोषध्यक्षमा डा.तेजुसिंह मल्ल विजयी हुनुभएको छ ।

सदस्यहरूमा डा.अमित झा, डा.राकेश साह, डा.पल्पसा श्रेष्ठ, डा.विना श्रेष्ठ, डा.सुमित काफ्ले र डा.शेषराज घिमिरे विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । चिकित्सक संघको नयाँ नेतृत्वका लागि काठमाडौं उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा काठमाडौं उपत्यकामा वैशाख १७ र १८ गते निर्वाचन भएको थियो ।

कसको कति मत ?

अध्यक्ष सिट

१. डा. बद्री रिजाल — ३१९६ (विजयी)

२. डा. मंगल रावल — २९४०

३. डा. नारायण प्रसाद भुसाल — ८६९

वरिष्ठ उपाध्यक्ष सिट

१. डा. सञ्जीव तिवारी – ३०३६ (विजयी)

२. डा. कीर्तिपाल सुवेदी — २३०२

३. डा. अजय कुमार मिश्र — १४२१

महासचिव सिट

१. डा. विश्वराज दवाडी — २७२२ (विजयी)

२. डा. कालु सिंह खत्री — २४२३

३. डा. अमृत भुसाल — १६४६

उपाध्यक्ष (प्रदेश संयोजक)

कोशी प्रदेश

१. डा. रोशन खड्का — ३००८ (विजयी)

२. डा. टंकाप्रसाद बराकोटी — २२३६

३. डा. हरिशंकर कार्की — ८७८

मधेश प्रदेश

१. डा. अमित रञ्जन मिश्र — ३०९९ (विजयी)

२. डा. उदयनारायण सिंह — २०९४

३. डा. मोहम्मद अनामुल हक — ९४३

बागमती प्रदेश

१. डा. सुवास भट्टराई — २३५९ (विजयी)

२. डा. अरुण शाही — २२५०

३. डा. अकानन्द सिंह — १२२१

४. डा. रुबास नाथ योगी — ६८६

गण्डकी प्रदेश

१. डा. यज्ञराज सिग्देल — ३१०२ (विजयी)

२. डा. नवराज लाम्दारी — २८००

लुम्बिनी प्रदेश

१. डा. नन्दा कुमारी गुरुङ — २९१० (विजयी)

२. डा. सन्तोष पोखरेल — २२४२

३. डा. लक्ष्मण शर्मा — ११२३

कर्णाली प्रदेश

१. डा. रविन खड्का — २४९० (विजयी)

२. डा. सरोज गिरी — २३२२

३. डा. अनुप मंगल समाल — १२५७

सुदूरपश्चिम प्रदेश

१. डा. प्रमोद जोशी —३४८० (विजयी)

२. डा. निरज अर्याल — २६१२

कोषाध्यक्ष सिट

१. डा. संयुक्ता आचार्य — २३८६ (विजयी)

२. डा. चाँदनी जैसवाल — २०९९

३. डा. विनोद कुमार महसेठ — ९९४

सहसचिव सिट

१. डा. हुलास अग्रवाल — ३५१० (विजयी)

२. डा. राम जीवन प्रसाद — १५४०

३. डा. सन्तोष अधिकारी — १४१६

हकोषाध्यक्ष सिट

१. डा. तेज्सु सिंह मल्ल — ३२७९ (विजयी)

२. डा. सुवास गुरुङ — २२९४

३. डा. राजकुमार दंगल — ८५०

विजयी सदस्यहरू

१. डा. अमित झा – २७८७

२. डा.राकेश साह – २७८०

३. डा. पल्पसा श्रेष्ठ – २७७८

४ डा. बिना श्रेष्ठ – २५५१

५ डा. सुमित काफ्ले – २४९७

६. डा.शेषराज घिमिरे– २४३८