जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०९:२८

पुरा भयो प्रधानमन्त्री ओलीको घोषणा : बन्ने भो महाकवि देवकोटाको निवास सङ्ग्रहालय


काठमाडौं, मंसिर ३० । नेपाल सांस्कृतिक संघ डिल्लीबजारस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक। प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटा निवासलाई सङ्ग्रालय बनाउने घोषणा गर्नुभएको थियो । जग्गाप्राप्तिका कारण ढिलाइ सोको निर्माणमा ढिलाइ हुँदै आएको थियो। अब स्वामित्व हस्तान्तरण भएसँगै सङ्ग्रालय निर्माणले गरि पाउने अपेक्षा गरिएको छ।

प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले  जानकारी दिनुभयो । हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा आइतवार  २ करोड ५० लाखको चेक हस्तान्तरण गरिएको छ।