जनता टाइम्स

९ असार २०८३, मंगलवार १९:३८

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने


काठमाडौं,  जेठ ९।  नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारले गैरन्यायिक ढङ्गले पक्राउ परेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएको छ ।पार्टी मुख्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले बताउनुभयो ।

सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको उहाँको आरोप छ ।उहाँले भन्नुभयो, ‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ । सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ । सरकार विधिको शासन र कानूनी राज्यको बर्खिलाप रहेको छ । सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ ।’सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासमेत प्रभावित भएको प्रमुख सचेतक महरको दाबी छ ।