जनता टाइम्स

९ असार २०८३, मंगलवार १९:५३

फेरियो रास्वपा महाधिवेशनको कार्यतालिका: भोलि एकाबिहानै चुनाव, दुई घण्टामा परिणाम


काठमाडौं  जेठ ९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन संशोधित निर्वाचन कार्यतालिका प्रकाशन भएको छ।केन्द्रीय निर्वाचन आयोगले मंगलबार साँझ पौने ७ बजे प्रकाशन गरेको महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका अनुसार मंगलबार राति १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।

राति ११ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि मौन अवधि शुरु हुने छ।केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीअनुसार बुधबार बिहान पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। मतदान सकेको २ घण्टामा पहिलो चरणको मतपरिणाम घोषणा गरिनेछ। दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन हुने आयोगले जनाएको छ।