काठमाडौं, असार ९ । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई ७ दिन थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
यससँगै अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि उनलाई कानुनी प्रक्रिया अनुसार विशेष अदालतमा म्याद थपका लागि उपस्थित गराउनुपर्नेछ। पूर्वउपप्रधान एवं अर्थमन्त्री समेत रहिसकेका पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई त्यसपछि स्थलमार्ग हुँदै काठमाडौं ल्याई अदालतमा उपस्थित गराइएको थियो। अदालतको पछिल्लो आदेशसँगै पौडेलमाथि चलिरहेको अनुसन्धान थप औपचारिक चरणमा प्रवेश गरेको छ।












प्रतिक्रिया दिनुहोस्