काठमाडौं, असार १६ । भक्तपुरको ताइचिन चिउरा हिजो दही चिउरा खाने दिन ४० टन बिक्री भएको छ । काठमाण्डौ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेमा हिजो असार १५ का लागि चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिनुभयो ।
दहीसँग ताइचिन चिउरा स्वादिलो हुने मान्यताअनुरूप वर्षौँदेखि चिउराका पारखीले ताइचिन चिउरा नै रोज्ने गर्छन् । भक्तपुरमा झण्डै २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।चिउराका लागि चैते धानको साथै चितवन, नुवाकोट, भक्तपुर, काभ्रेबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको सङ्घले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्