जनता टाइम्स

१७ असार २०८३, बुधबार १२:४५

आज घट्यो सुनचाँदीको मूल्य, कति छ कारोबार मूल्य ?


काठमाडौं, असार १७ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० मा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।