जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १०:२०

नेपालका लागि भारतिय पूर्वराजदूत सुदको स्विकारोक्ति : संविधान जारी गर्दा विशेषदूत पठाएर भारतले गल्ती गर्यो


काठमाडौं, पुष ४

नेपालका लागि भारतका पूर्व राजदुत राकेश सुदले संविधान जारी गर्दा भारतले विशेष दूत पठाएर गल्ती गरेको स्विकार गर्नुभएको छ । बिबिसीसँगको एक अन्तर्वार्तामा उहाले सार्वजनिक रुपमै त्यसरी दूत पठाउन नहुने उहाको धारणा छ ।

‘२०१५ मा जब नेपालले नयाँ संविधान पारित गर्ने तिथि घोषणा गर्यो त्यो समय भारतले विदेश सचिवलाई सार्वजनिक रुपमा नै नेपाल पठायो’, उहाले अगाडी भन्नुभएको छ, ‘त्यसको मतलब तपाईँहरु यसो नगर्नुस् भन्ने सन्देश दिनका लागि थियो । कुनै पनि देशमा यसो गर्दा बहुत नै गलत सन्देश जान्छ । यसको बारेमा हामीले थोरै सोच्नु जरुरी थियो ।’

पूर्वराजदूत सुदले त्यसबेला तराईमा भएको आन्दोलनको जिम्मा भारतलाई दिनुपनि नेपालको गल्ती भएको टिप्पणी गर्नुभएको छ । उहाले भारतले त्यसबेला नाकाबन्दी नगरेको आशय व्यक्त गर्नुभएको छ । पूर्वराजदूत सुदले नेपालमा संविधान जारी भएपछि भारतले स्वागत नगर्नु पनि अलि सहज नभएको बताउनु भएको छ । यद्यपी उहाले ति विगतका कुरा भएको बताउदै दुई देशको सम्बन्ध विगार्न नहुनेमा भने जोड दिनु भएको छ ।

‘विश्वभरीबाट नेपालको संविधानको स्वागत भयो तर भारतको तर्फबाट केही पनि बोलिएन । भारतले भनेको थियो–हामीलाई जानकारी मिलेको छ । यो अलि सहज भएन । यसमा भारतले ध्यान दिनुपर्छ । असमझदारी जहाँ छ त्यसलाई हटाउनुपर्छ । भारत र नेपालको बीचमा जस्तो सम्बन्ध छ त्यसलाई बिग्रन दिनु हुँदैन । यो कसैको पनि हितमा छैन’, सूदको भनाई छ ।