जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १७:३४

प्रचण्डपत्नी सीताको उपचार हरिद्वारमा सुरु, बाबा रामदेवले अघि बढाए आयुर्वेदिक पद्धतीबाट उपचार


काठमाडौं, पुस ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकी पत्नी सीता दाहालको उपचार भारतको हरिद्वारमा सुरु भएको छ । लामो समयदेखि बिरामी सीतालाई उपचारका लागि बाबा रामदेव आश्रम हरिद्वार लगिएको हो ।

पतञ्जली योगपिठका बाबा रामदेव र आचार्य बालकृष्णले सीताको उपचार गर्नेछन् । छोरी गंगा दाहालले आमाको आयुर्वेदिक उपचारका लागि भारतको हरिद्वारस्थित पतञ्जली योगपिठ पुगेको जानकारी दिनुभएको छ । प्रचण्ड पत्नी सीताको उपचारका लागि पूर्वमन्त्री एवं नेकपा स्थायी समिति सदस्य मातृका यादव पनि हरिद्वार पुग्नुभएको छ । प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छन् ।

विभिन्न प्रकारका उपचारबाट पूर्ण निको नभएपछि उनलाई आयुर्वेदिक उपचारका लागि हरिद्वार लगिएको हो । उहाँको उपचार आजैबाट सुरु भइसकेको छ ।