काठमाडौं, असार २६ । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य निकै घटेको छ।
बुधबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्