जनता टाइम्स

७ पुष २०७६, सोमबार ०८:१६

विवाहको प्रलोभनमा यौनशोषण गर्दा घट्यो डरलाग्दो घटना, युवतीका आफन्तले लगाए गम्भीर आरोप


काठमाडौं, पुस ७ । आफ्नी छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा भएको घटनामा बौद्ध प्रहरीले एकपक्षीय कुरा सुनेको भन्दै यौनहिंसामा परेकी सुनिता थिङ्गकी आमा विमाया तामाङ्गले पत्रकार सम्मेलन गरी आपत्ति जनाएकी छन । सञ्चार केन्द्र नेपालमा पत्रकारसम्मेलन गरी उहाँले आपत्ति जनाउनु भएको हो ।

मिति २०७६ मंसिर २३ गतेका दिन मकवानपुर जिल्ला हेटौडा घर भई हाल काठमाडौ बौद्ध बस्ने २१ वर्षीय राजीव सिकारी सुनुवारले आफ्नो छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा आफूँलाई बचाउ गर्ने क्रममा प्रतिकार गर्दा राजिव सिकारीको लिङ्गमा चोट लागेको थियो । सोही आरोपमा आफ्नी छोरीलाई महानगरीय प्रहरी प्रभाग बौद्धले ज्यान मार्ने उद्योगमा हिरासतमा लिएको जानकारी गराइन् । विमायाले घटना घटिसकेपछि प्रहरीले केटापक्षको दबाब र प्रभावमा परी बौद्ध प्रहरीका डिएसपी रमेश बहादुर सिंहले आफूँहरुको जाहेरीसमेत नलिएको भन्दै आफूँहरुलाई न्याय दिलाउन सम्पूर्ण सञ्चारकर्मीहरुसमक्ष अपिल गरिन् ।

उनले भनिन्–‘आफ्नो अस्मिता जोगाउन हरतरहले प्रयासरत रहेकी मेरी छोरीले न्याय पाउनुपर्नेमा उल्टो बलात्कारीलाई पक्षपोषण गर्ने गरी पिडितलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउँदा हामीहरु अन्यायमा परेका छौँ ।’ प्रहरीले नै पिडक पक्षको पक्षपोषण गरी हामीलाई पिडामाथि थप पिडा दिएकोले हाम्रो परिवार न्यायको खोजिमा छौँ भन्दै दुवैतर्फ निष्पक्ष छानविन गर्न माग गरिन् ।

घटना कसरी घट्यो ?

विगत एक वर्षदेखि मकवानपुर हेटौडाका २१ वर्षीय राजीव सिकारी सुनुवार र २० वर्षीय युवती सुनिता थिङ्गबीच प्रेम रहँदै आए । यसबीचमा केटाले सुनितालाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक यौनसम्पर्क समेत राख्न सफल भए । ८÷१० महिनासम्म नियमित यौनसम्पर्क राखेपछि सुनिताले राजीवलाई विवाहको प्रस्ताव गरे । तर केटाले आफ्नो २/३ जना गर्लफ्रेड रहेको भन्दै सुनितासँग विवाह गर्न अस्वीकार गरे । केटाले आफूँलाई विवाह नगर्ने भनेपछि प्रेमा छाँगाबाट खसेजस्तै भईन् । एकातिर विश्वासघात अर्कोतर्फ अस्मिता समेत लुटियो । जीवन नै राजीवसँग विताउने सपना बोकेकी सुनिताले आफूँमाथि राजिवले ठुलो विश्वासघात गरेकोमा राजिवप्रति घृणा जागेको थियो ।

त्यस्तो बेलामा पनि राजीव पुनः सुनितासँग रासलिला मच्चाउन चाहन्थे त्यही कारण राजिव २०७६ मंसिर २३ गते सुनिताको कपनस्थित डेरामा पुगे । डेरामा ३ घण्टा विताए । यसबीचमा राजीवले शरीरको कपडा खोलेर खाटमा पल्टिएपछि प्रेमाको रिसको पारो चढ्यो । उनले तरकारी काट्ने चक्कु निकाले र राजिवको लिङ्गमै आक्रमण गरे । घटनामा राजिवको लिङ्गमा चोट लाग्यो भने प्रेमाको हातमा चोट लाग्यो ।