वीरेन्द्रनगर, साउन १२ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यक्षराज जोसीले नेपालको संविधानको धारा १६८(२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
सोही आह्वानअनुसार नेकपा र नेकपा एमालेको समर्थनमा शाहीले बहुमतसहित सरकार गठनको दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखले दाबीको संवैधानिक परीक्षणपछि शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री शाहीले प्रदेशको राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माण र जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकार सञ्चालन गर्ने बताउनुभएको छ । उहाँले दलहरूबीच सहकार्य, विश्वास र सहमतिका आधारमा प्रभावकारी शासन सञ्चालन गर्दै प्रदेशको समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शाही नेतृत्वको मन्त्रिपरिषद् विस्तार भोलि नै गर्ने तयारी रहेको स्रोतको भनाइ छ। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे छलफल जारी रहेको जनाइएको छ। पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गरी क्रमशः विस्तार गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्