जनता टाइम्स

१२ श्रावण २०८३, मंगलवार २२:०३

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो


काठमाडौं, साउन  १२  । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निम्तो आएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिकरूपमा निम्तो पठाइएको बताउनुभयो ।

नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो हो , नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको छ। प्रधानमन्त्री शाहलाई भारत भ्रमण निम्तो पठाइए पनि जाने मिति भने तय भइसकेको छैन। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि भ्रमणको मितिबारे केही बताउनुभएनन । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन परराष्ट्र मन्त्रालयलाई छलेर हालै भारत भ्रमणमा गएको विषय सार्वजनिक भएको थियो। यस विषयमा प्रधानमन्त्री कार्यालयले भने कुनै जवाफ दिएको छैन।