काठमाडौं, साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा सामाजिक सद्भाव, शान्ति सुव्यवस्था र स्थिरता कायम गर्न सबै राजनीतिक दल एकमत रहेको बताउनुभएको छ।
सिंहदरबारमा बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्न तथा हालै भएका घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सबै दल सहमत रहेको जानकारी दिनुभयो।
उहाँले सुनसरीलगायतका जिल्लामा भएका प्रदर्शन र दुई युवकको मृत्युको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै दोषीमाथि निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो। साथै, आरोप–प्रत्यारोपमा उत्रिनुभन्दा जिम्मेवार ढंगले अघि बढ्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्