काठमाडौं, साउन १३ । काठमाडौं महानगरपालिकाले वर्षायाममा माइतीघर क्षेत्रमा हुने डुबान समस्या समाधानका लागि ढल निकास फराकिलो बनाउने काम सुरु गरेको छ।
महानगरले वडा नम्बर–११ अन्तर्गत पानीको निकासमा अवरोध बनेका संरचना हटाउँदै ढलको बहाव सहज बनाउने काम अघि बढाएको हो।
महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले प्राविधिक समितिको प्रतिवेदनका आधारमा निकासमा रहेका अवरोध हटाउने कार्य भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पानी बग्ने बहाव क्षेत्रका केही स्थान अवरुद्ध भएकाले सामान्य वर्षामै माइतीघर क्षेत्रमा डुबान हुने समस्या देखिएको हो।
महानगरले ढल निकास व्यवस्थित र फराकिलो बनाएपछि माइतीघर क्षेत्रको डुबान समस्या उल्लेख्य रूपमा न्यूनीकरण हुने विश्वास व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्