काठमाडौं, साउन १६ । धनुषा, सप्तरी र सिरहा जिल्ला प्रशासन कार्यालयले आज बिहानका लागि कर्फ्यु केही खुकुलो पारेका छन् ।विशेषगरी अत्यावश्यक काम र किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्युको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ ।
एकै ठाउँमा पाँच जना भन्दा धेरै मानिस भेला जम्मा भइ उश्रृङ्खल गतिविधि गरे वा गराइएको पाइएमा कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।त्यस्तै धनुषा र सिरहामा बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइनेछ । कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।
त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइनेछ ।













प्रतिक्रिया दिनुहोस्