विराटनगर, साउन २० । कोशी प्रदेशमा तत्कालका लागि हिक्मत कार्की कै नेतृत्वमा सरकारलाई निरन्तरता दिने निर्णय भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भएको छलफलपछि अर्को निर्देशन नआएसम्म कार्की नेतृत्वकै सरकारले काम गर्ने सहमति भएको हो। प्रदेश सरकारको विषयमा एमाले अध्यक्ष ओलीको निवासमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा तथा प्रदेश सचिव राजकुमार भण्डारी बीच छलफल भएको थियो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष खतिवडाले तत्कालका लागि मुख्यमन्त्री कार्कीले नै सरकारको नेतृत्व गर्ने र उपयुक्त समय आएपछि नेतृत्व परिवर्तन हुन सक्ने जानकारी दिनुभयो।
उहाँका अनुसार पार्टी अध्यक्षले उपयुक्त राजनीतिक वातावरण देखेको समयमा आवश्यक निर्देशन दिने र त्यसबेला सबैले पार्टीको निर्णयअनुसार बस्नुपर्ने वा जिम्मेवारी छाड्नुपर्ने निष्कर्षमा छलफल पुगेको छ।














प्रतिक्रिया दिनुहोस्