जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार ०८:३४

 आईएनजिओ–एनजिओको बजेट सरकारी कोषमा दाखिला गर्ने कानुन बनाए २१ तोपको सलामी दिन्छु : गोकुल बाँस्कोटा


काठमाडौं, साउन २१ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले केही न्यायाधीशलाई राजीनामा दिन सरकारले धम्की दिएको भन्ने विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले लगाएको आरोपबारे सरकारलाई चुनौती दिँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।

उहाँले सरकारले ती आरोप पुष्टि गर्न चुनौती दिएको कदमलाई साहसिक रहेको उल्लेख गर्दै गैरसरकारी संस्थाको वित्तीय पारदर्शितासम्बन्धी कानुन बनाउन पनि सरकारलाई आग्रह गर्नुभएको छ।

“केही न्यायाधीशलाई राजीनामा गर्न सरकारले धम्की दिएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको आरोप पुष्टि गर्न सरकारले दिएको चुनौती साहसिक छ तर तीनसय जति आईएनजिओ र तीसहजार बढी एनजिओका बजेट सरकारी कोषमा दाखिला गर्नै पर्ने कानुन सरकारले बनायो भने २१ तोपको सलामी दिन्छु, म।”

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “केही न्यायाधीशलाई राजीनामा गर्न सरकारले धम्की दिएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको आरोप पुष्टि गर्न सरकारले दिएको चुनौती साहसिक छ तर तीनसय जति आईएनजिओ र तीसहजार बढी एनजिओका बजेट सरकारी कोषमा दाखिला गर्नै पर्ने कानुन सरकारले बनायो भने २१ तोपको सलामी दिन्छु, म।”