जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०८:२०

राष्ट्रिय सभाको आजको बैठक स्थगित, साउन २७ गते बस्ने


काठमाडौं, साउन २२ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आजका लागि तय गरिएको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने तय भएको बैठक अब साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले बैठकको मिति र समय परिवर्तन गरेको सूचनामा उल्लेख गरिएको छ।

सचिवालयले बैठकको नयाँ कार्यतालिका अनुसार सांसदहरूलाई निर्धारित मिति र समयमा उपस्थित हुन अनुरोध गरेको छ।