काठमाडौं, साउन २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव राजन भट्टराईसहितका नेताहरूले एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
महासचिव पोखरेल, सचिव भट्टराईसहितका एमाले नेताहरू शनिबार वीर अस्पताल पुगेर उपचाररत नेता थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। उहाँहरूले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ।
अस्पतालका चिकित्सकहरूले थपलियाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जानकारी गराउनुभएको छ। उहाँको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
यसअघि भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बागमती प्रदेश सरकार गठनसम्बन्धी छलफलका क्रममा थपलियाको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल लगिएको थियो। हाल उहाँ वीर अस्पतालमा उपचाररत हुनुहुन्छ।














प्रतिक्रिया दिनुहोस्