काठमाडौं, साउन २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताउनुभएको छ ।
विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको हो । “नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो।” ओलीले भन्नुभएको छ, “हामीबिचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ।”
उहाँले नेपालको संविधानले सबै समुदायको समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको उल्लेख गर्नुभएको छ । “हाम्रो संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको छ”, उहाँले भन्नुभएको छ ।
“नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो।” ओलीले भन्नुभएको छ, “हामीबिचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ।”
अध्यक्ष ओलीले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान गर्नुभएको छ । “यस समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान गर्दछु,” ओलीको सन्देशमा उल्लेख छ ।
विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै उहाँले आदिवासी समुदायको अधिकार, पहिचान र संस्कृतिको सम्मान गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्