काठमाडौं, साउन २४। तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय ऊर्जा विभाग प्रमुख इन्जिनियर श्रीराम न्यौपानेले आफ्नै पार्टीका अर्थमन्त्रीकाे आलोचना गर्नु भएको छ । उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेको अर्थनीतिक सूत्र असफल भएको टिप्पणी गर्नुभएको छ।
उहाँले संविधानको भावना र नेपाली यथार्थ विपरीत गरिएको नीतिगत प्रयोगपछि जनदबाबका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर छुट दिने निर्णय भएको बताउनुभएको हो। न्यौपानेले अर्थनीति कागजमा बनाइने सूत्र मात्र नभई जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा आधारित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। “संविधानको भावना र नेपाली यथार्थ विपरीत गरिएको प्रयोगपछि जनदबाबका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर छुट दिने निर्णय भयो,” उहाँले भन्नुभएको छ।
उहाँका अनुसार पछिल्लो निर्णयले सरकारको अर्थनीति व्यवहारिक र जनमुखी हुनुपर्ने आवश्यकता थप स्पष्ट गरेको छ। अर्थनीति बनाउँदा देशको सामाजिक तथा आर्थिक अवस्थाका साथै सर्वसाधारणको दैनिकीमा पर्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने उहाँको भनाइ छ। ‘अर्थनीति कागजी सूत्र होइन, जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा अडिएको हुनुपर्छ’, उहाँको धारणा छ ।














प्रतिक्रिया दिनुहोस्