जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार ०८:१०

प्रधानमन्त्री बालेनले आज भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने


काठमाडौं, साउन २५ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको छ।

प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुभएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा नेपाल–भारत र नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री शाहले सोमबार बिहान पहिले भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता गर्नुहुनेछ। त्यसपछि उहाँले चिनियाँ राजदूत झाङसँग भेट गर्ने कार्यक्रम रहेको छ।

यसअघि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्दै आउनुभएको थियो। अब भने उहाँले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गर्नुभएको हो।

प्रधानमन्त्री शाहले मंगलबार नेपालस्थित अमेरिकी दूतावासका एक उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।