जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १२:५७

रसुवामा सेनाको ब्यारेकमा विस्फोट, पाँच जना घाइते


काठमाडौं, साउन २५। रसुवा  नेपाली सेनाको ब्यारेकमा विष्फोट भएकाे छ । आमाछोदिङमो गाउँपालिका–४ मानसिङस्थित नेपाली सेनाको श्रीनाथ गणमा विस्फोटक पदार्थ विस्फोट हुँदा पाँच जना घाइते भएका छन्।

म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा अचानक विस्फोट भएको प्रहरीले जनाएकाे छ । घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएकाे छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ।

घटनामा घाइते भएकाहरूको अवस्था तथा विस्फोटको विस्तृत कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। श्रीनाथ