काठमाडौं, साउन २६। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालेन्द्र शाह (बालेन) र रवि लामिछाने सत्ताको जिम्मेवारीमा पुगेपछि उनीहरूसँग जोडिएका ‘भ्रम’ र ‘सपना’को वास्तविकता जनतासामु खुल्दै गएको टिप्पणी गर्नुभएको छ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दै बालेन र रवि सत्तामा पुग्नुअघि राजनीतिक वृत्तमा विभिन्न भ्रम र सपनाको खेती भइरहेको दाबी गर्नुभएको हो। उहाँले भन्नुभएको छ, “बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनीतिक वृत्तमा अनेकौँ ‘भ्रम’ र ‘सपना’हरूको खेती तीव्र थियो।”
“पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ-यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो।”
पोखरेलका अनुसार उनीहरू स्वयं सत्ताको जिम्मेवारीमा पुगेपछि आम नागरिकले वास्तविकता बुझ्ने आधार तयार भएको छ। उहाँले भन्नुभएको छ, “उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।”
महासचिव पोखरेलले लोकप्रियतावादको वास्तविक क्षमता सत्तामा पुगेपछि मात्रै परीक्षण हुने बताउनुभएको छ। उहाँले वर्तमान परिस्थितिको सकारात्मक पक्षका रूपमा यसलाई लिनुपर्ने धारणा राख्नुभएको छ। उहाँले भन्नुभएको छ, “पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ-यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो।”
पोखरेलले आफ्नो धारणालाई ‘नकारात्मकताभित्रको सकारात्मकता!’ शीर्षकमा सार्वजनिक गर्नुभएको हो।














प्रतिक्रिया दिनुहोस्